दाङ, १ असोज ।
`कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ ! ऐतिहासिक तीन अभियान सफल पारौ´ भन्ने मुल नाराका साथ पार्टीले असोज महिना भरी संचालन गर्ने संगठन निर्माण अभियानको बिस्तृत कार्ययोजना घोराही उपमहानगर समितिले तर्जुमा गरेको छ ।
कम्युनिस्ट पार्टी स्थापना भएको ७५ बर्ष पूरा भएकोले हिरक जयन्ती , लेनिनको मृत्यु भएको १ सय बर्ष पुगेकोले लेनिन स्मृति सताब्दी दिबस र नेकपा मसालको नबौ महाधिवेशनसहितका महत्त्वपूर्ण तीन अभियान भएको नगर सचिव रामप्रसाद पोख्रेलले जानकारी दिएका छन् ।
उक्त अभियानअन्तरगतको संगठन निर्माण अभियान घोराही उपमहानगरलाई ६ भागमा बिभाजन गरि हुनेछ । त्यसको लागि ६ ओटै टोली निर्माण भएको छ । त्यसको सयोजक र इन्चार्ज पनि तय भएको छ । अभियान असोज ६ गते युबा र बिद्यार्थीहरुको नगरस्तरीय बृहत् सम्मेलन गरि उदघाटन गर्ने जनमोर्चाका नगर अध्यक्ष मनिराम खनालले बताएका छन् ।
नगर अध्यक्ष मनिराम खनालको अध्यक्षतामा भएको बिस्तारित बैठकले उक्त कार्यक्रम तर्जुमा गरेको हो । देशमा संघीयता असफल भएको , महङ्गिले सिमा नाघेको , भ्रष्टाचारले देश बदनाम भएको , राष्ट्रघातले सिमा नाघेको , बुर्जुवा दलहरुका कारण राजनीतिमा बितृस्णा जागेको , क्रान्तिकारी आन्दोलनमा स्खलन आएको र यी तमाम समस्यामा राष्ट्रिय जनमोर्चाले मात्र खबरदारी र सचेतना प्रदान गर्दै आएकोले जनजनमा जनमोर्चा , मनमनमा जनमोर्चा , घरघरमा जनमोर्चा बनाउन सम्पुर्ण कार्यकर्ता असोज महिना भरी जनताको घर घरमा पुग्ने कुरा बैठकमा उपस्थिति जिल्ला अध्यक्ष गणेश आचार्यले ले बताउनु भयो । बैठकमा प्रदेश सल्लाहकार सुरेश थापाले अभियानको महत्त्वको बारेमा प्रकाश हाल्दै बिस्तृत प्रशिक्षण मन्तव्य राख्नु भएको थियोे ।