जिल्ला प्रशासन कार्यालयकाे उवासंघलाई आग्रह : निर्वाचनसम्बन्धी कागजातसहित उपस्थित – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

जिल्ला प्रशासन कार्यालयकाे उवासंघलाई आग्रह : निर्वाचनसम्बन्धी कागजातसहित उपस्थित

    मा प्रकाशित

दाङ ४ असोज ।

जिल्ला प्रशासन कार्यालय दाङले दाङ जिल्ला उद्योग वाणिज्य संघलाई निर्वाचनसम्बन्धअं सम्पूर्ण कागजातहरुसहित शुक्रबार ११ बजे हाजिर हुन आग्रह गरेकाे छ ।
निर्वाचनका क्रममा उम्मेदवारहरुले किर्ते रसिद प्रयोग गरेर उमेदवारी दिनुका साथै फर्जी मतदाताहरु समेत बनाइएको भन्दै जिल्ला प्रशासन कार्यालय दाङमा निवेदन परेपछि प्रशासनले असोज ५ गते शुक्रबार ११ बजे निर्वाचन सम्बन्धी सम्पूर्ण कागजातहरुसहित उपस्थित हुन पत्र काटेर उवसंघलाई आग्रह गरेकाे हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको नाममा पत्र संख्या २०८०/०८१ र चलानी नम्वर ९५६ मा पत्राचार गरिएको छ ।
प्रशासनका प्रशासकीय अधिकृत अमरराज शर्माको नाममा काटिएको पत्रमा दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नम्वर १४ बस्ने दिपेन्द्र पुन मगर समेतले यस कार्यालयमा दर्ता गराउनु भएको निवेदन अनुसार उद्योग वाणिज्य संघको कार्य समितिको आसन्न निर्वाचन २०८० को लागि तयार गरिएका सम्पूर्ण कागजातहरु सहित मिति २०८० असोज ६ गते विहान ११ बजे कार्यालयमा उपस्थिति हुन अनुरोध गरिएको छ ।

ला प्रशासन कार्यालय दाङले निर्वाचन सम्बन्धी सम्पूर्ण कागजातहरुसहित शुक्रबार ११ बजे हाजिर हुन आग्रह गरेकाे हाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्