सल्यान दुर्घटना अपडेट : मृतककाे पहिचान खुल्याे, मृत्यु हुने बाबुछोरा – Kanika Khabar
Monday, February 16Nepali News Portal

सल्यान दुर्घटना अपडेट : मृतककाे पहिचान खुल्याे, मृत्यु हुने बाबुछोरा

    मा प्रकाशित

दीपक बोहरा
दाङ,८ असोज ।
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुने एकै घरका बाबु छोरा रहेका छन् । दुबै बाबुछोरा सल्यान, रोल्पा लगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल,नारायणघट,बाँकेलगायतका बजारमा बेच्दै आएका थिए । उनीहरू पाँच बर्षदेखि यसरी काम गर्दै आएका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ ग्वारखोला टोलका ५० बर्षीय गणेश बुढा वुवा हुन्, भने २५ बर्षीय भक्तबहादुर छोरा हुन् । दुबै बाबुछोरा लामो समयदेखि तरकारी ब्यबसाय गर्दै आएको वडाध्यक्ष माधव वलीले बताए ।‘उहाँहरु लामो समय छोराले गाडी चलाउने, वुवा संगै हिड्ने गर्नुहुन्थ्यो’,वडाध्यक्ष वलीले भने‘रोल्पा, सल्यानबाट तरकारी ल्याएर दाङका बजारमा बेच्ने गर्नुहुन्थ्यो ।’
दुबै जनाको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्