लुम्बिनी प्रादेशिक अस्पताललाई गुणस्तरीय उपचारको उत्कृष्ट केन्द्र बनाइने – Kanika Khabar
Monday, February 16Nepali News Portal

लुम्बिनी प्रादेशिक अस्पताललाई गुणस्तरीय उपचारको उत्कृष्ट केन्द्र बनाइने

    मा प्रकाशित

रुपन्देही ८ असोज ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालका माध्यमबाट बुटवललाई गुणस्तरीय स्वास्थ्य उपचार केन्द्रका रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी आयुर्वेद चिकित्सालय लगायतका अस्पतालको निरक्षण पछि सरोकारवालहरुसँगको छलफलमा स्वास्थ्य मन्त्री खनालले प्रदेश भित्रको उपचार केन्द्रको रुपमा विकास भैसकेको लुम्बिनी प्रादेशिक अस्पताललाई अब सातै प्रदेशको उत्कृष्ट उपचार केन्द्रको रुपमा बिकास गर्नुपर्ने बताए । यसका लागि स्वास्थ्य मन्त्रालयले सीमित बजेटका बिच पनि जनशक्ति, उपकरण र भौतिक पूर्वाधारमा लगानी गरिरहेको मन्त्री खनालले बताए । उनले प्रदेशका अधिकांश अस्पतालमा देखिएको जनशक्तिको अभाव व्यवस्थापनका लागि मन्त्रालयले तत्कालका लागि करारमा भए पनि जनशक्ति भर्ना गरेर स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउने नीति ल्याएको जानकारी दिए ।

प्रदेशका दुर्गम तथा पहाडी क्षेत्रका अस्पतालमा चिकित्सक जानै नमान्ने प्रवृत्तिको अन्त्य गर्न थप प्रोत्साहन रकमको व्यवस्था गरिएको भन्दै स्वास्थ्य मन्त्री खनालले तर पनि कतिपय पदमा आवेदन नै नपर्ने समस्या देखिएको बताए ।

मन्त्रालयले अहिले प्रदेशका सबै अस्पतालमा भएका उपकरण र तिनको अबस्थाको बारेमा जानकारी माग गरेर मर्मत गर्न सकिने उपकरण मर्मत गरेरै भए पनि सञ्चालनमा ल्याइने बताए । लुम्बिनी प्रादेशिक अस्पताल देशभरमै दोश्रो धेरै प्रसुती गराउने अस्पतालको रुपमा रहेको छ । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका विभागीय प्रमुख, व्यवस्थापन समितिका अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट बुटवल उपमहानगरपालिकाका प्रमुख, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी लगायतले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका थिए । त्यसक्रममा मन्त्री खनालले अस्पतालमा विस्तारित सेवा, न्यूरो एच डि यू, एन आइ सि यू, एस एन सि यू, बाल तथा प्रसुती विभाग टिकट काउण्टर तथा ल्याब रिपोर्ट एस एम एस सेवाको उद्घाटन गरे।
यसैगरी स्वास्थ्य मन्त्री खनालले लुम्बिनी आयुर्वेद चिकित्सालयले प्रदान गरिरहेको सेवा र चिकित्सालयको अबस्थाको बारेमा जानकारी लिदै आयुर्वेद उपचार पद्धतिको विकास र विस्तारका लागी सरकारले योजनाबद्ध ढँगले काम गरिरहेको बताए । मन्त्रालयले आगाडी सारेका काममा सहयोग गर्न आग्रह गर्दै मन्त्री खनालले प्रदेश सरकारले परम्परागत उपचार पद्धतीलाई पनि आयुर्वेदसँगै जोडेर लैजान खोजेको बताए । उनले जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीलाई सिमा क्षेत्रबाट भित्रिन सक्ने संक्रामग रोगको बारेमा सचेत भएर काम गर्न निर्देशन दिए । विशेषगरी माैसम जन्य रोग र फ्लुहरु अन्यत्रबाट आउन सक्ने भएकाले कतै लक्षण देखिना साथ रोकथामको काम सुरु गरिहाल्न आग्रह गरे । मन्त्री खनालले प्रदेशमा धेरै रहेको मातृ मृत्युदर र कुपोषणको अबस्थामा सुधार ल्याउनै पर्ने दायित्व अहिले रहेको भन्दै अन्य सरोकारवाहरुलाई पनि आफ्ना कार्यक्रममा यी विषय समेट लगाउनु पर्ने बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्