मतदाताको विश्वास बटुल्दै ‘राजभक्त – Kanika Khabar
Friday, May 3Nepali News Portal

मतदाताको विश्वास बटुल्दै ‘राजभक्त

    मा प्रकाशित

दाङ, असोज ११ ।
यही असोज १३ गते सम्पन्न हुन गइरहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्दै गएको छ । अधिवेशन आउन अब २ दिन मात्र बाँकी रहँदा चुनावी सरगर्मीको तापक्रम पनि वृद्धि हुँदै जान थालेको हो ।

यही चुनावी मैदानमा आफूलाई वाणिज्य उपाध्यक्षको उम्मेदवारको रूपमा दर्ज गरेका छन् राजभक्त रानाले । चुनावी प्रचारप्रसार तथा मतदातासँग भेटघाटमा उम्मेदवारहरु व्यस्त रहेका छन् । मतदाता भेटघाटमा व्यस्त रहेका रानाले चुनावी माहोल पनि सकारात्मक बन्दै गएको बताउँछन् । ‘हामी मतदाता भेटघाटमै छौँ । मतदाताबाट एकदमै सकारात्मक रेस्पोन्स पाएका छौँ । मतदाताको उत्साहले पनि एक प्रकारको खुशी थपेको छ ।’ उनले थपे, ‘उम्मेदवारी एउटा अध्याय हो । हामी यो अध्ययाबाट अगाडि बढिसकेका छौँ । अर्को पाटो भने संस्थाको उन्नयन हो । चुनावी एजेन्डा केवल एजेन्डा मात्र बनाउने होइन ती एजेन्डालाई कार्यान्वयउन गर्न अब लागि पर्नुपर्छ । जोसुकै उम्मेदवार उठाएका एजेन्डा संस्थाका साझा एजेन्डा हुन् । संस्थालाई हिजो भन्दा केही फरक र नयाँपन दिनैपर्छ । यसका लागि पनि मैले उम्मेदवारी दिएको हुँ । संस्थालाई नवीन ढङ्गले मात्र होइन एक नमुनाका रुपमा अगाडि बढाउन मेरो प्रयास सदैव रहन्छ नै । यसका लागि अबको मुख्य पाटो मतदाताको माया, विश्वास हो । त्यही विश्वास मतदाताबाट, व्यवसायीबाट मैले पाउने छु ।’

राना युवा व्यवसायी हुन् । त्यसो त युवाका माझमा मात्र नरही हरेक व्यवसायीका माझ लोकप्रिय छन् राना ।

सालिन र भद्र स्वभावका राना उद्योगी व्यवसायीका हकहितका लागि सदैव तल्लीन रहन्छन् । व्यावसायिक सुरक्षा, व्यवसायीका हक अधिकारका लागि आफूलाई समर्पित गर्दै आएका राना कोभिडको समयमा व्यवसायीका लागि सारथि बनेर उभिए । कोभिडको समयमा उपभोक्ताका आधारभूत आवश्यकता परिपूर्तिका लागि रणनीति तय गर्दै गर्दा ‘काविल’ नेतृत्वका रूपमा आफूलाई चिनाउन सफल पनि भए । चाहे उद्योग, व्यवसायमा देखिएका समस्या समाधान गर्नका लागि होस् चाहे उपभोक्तामा देखिएका समस्या निरोपणमा होस् रानाले सदैव आफूलाई ठिङ्गग उभ्याए ।

कम बोल्ने, छिट्टै घुलमिल नहुने रानाका वैयक्तिक स्वभाव हुन् तथापि जिम्मेवारी पूरा गर्ने र समस्या समाधानका लागि पर्ने उनका सकारात्मक स्वभावका कारण पनि उनी सफल व्यवसायी र कुशल नेतृत्वका रूपमा परिचित छन् । व्यवस्थापनका विद्यार्थी राना होटल व्यवस्थापनमा स्नातकोत्तर हुन् ।

स्थानीय व्यवसाय, राष्ट्रिय स्तरका उद्योग व्यवसायको मात्र नभई रानासँग अन्तर्राष्ट्रिय व्यवसायको पनि प्रशस्त अनुभव छ । वाणिज्य उपाध्यक्षको उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका रानासँग स्थानीय उत्पादनलाई राष्ट्रियकरण गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा समेत पुर्‍याउने योजना छ । व्यावसायिक रणनीतिमा ‘काविल’ मानिने रानाले भने, ‘व्यवसायीले सञ्चालन गर्दै आएको उद्योग, व्यापारको प्रवर्द्धन तथा संरक्षण गर्नेु त छँदै छ । हाम्रा स्थानीय उत्पादनलाई राष्ट्रियकरण गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत ब्रान्ड बनाउन जरूरी छ । यसका लागि मसँग योजना छ अब ती योजनालाई कार्यान्वयन गराउनका लागि पनि मेरो उम्मेदवारी हो ।’

दाङका स्थानीय उत्पादन, घरेलु उद्योगका उत्पादनलाई बजारीकरणको खाँचो छ । ‘ती उत्पादनले स्थानीय बजार त पाएका छन् तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाएका छैनन् । दाङलाई आत्मनिर्भर बनाउन, दाङको पहिचानलाई अझ दृढ राख्न अब यहाँका उत्पादनलाई ब्रान्ड बनाएर अन्तर्राष्ट्रिय बजारको माग गराउन आवश्यक छ ।’ रानाले भने ।

उमेर चार दशकको नजिक रहेका राना हाल सिम टिभी, डिस होम, फाइवर नेट, भिभो मोवाइल, आइएमइ पेको राप्ती अञ्चलको आधिकारिक बिक्रेताका संस्था सञ्चालन गर्दै आएका छन् ।

त्यसो त रानासँग सिङ्गापुरमा कुक तथा म्यानेजरको रूपमा काम गरेको अनुभव पनि रहेको छ ।

व्यवसायका अतिरिक्त समाज सेवा र शिक्षा क्षेत्रसँग पनि राना जोडिएका छन् । दाङको घोराहीस्थित राजविद्या पाठशालाको डाइरेक्टरका रूपमा रहेर रानाले शिक्षा क्षेत्रको पनि नेतृत्व गरिरहेका छन् ।

राना वर्तमान कार्यसमितिमा सह कोषाध्यक्ष रहेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्