कनिका खबर
असार २४, दाङ ।
सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद बाक्लिदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थनमा दाङमा पनि प्रदर्शन भएको छ । आज बुधबार प्रधानमन्त्री ओलीलाई हटाउन नहुने भन्दै घोराहीमा प्रदर्शन गरिएको छ ।
उनीहरुले जनताले पाँच वर्षका लागि ओलीलाई सरकार सञ्चालनको जिम्मा दिए पनि केही व्यक्तिहरु विदेशीको प्रलोभनमा परेर जनताको म्याण्डेटलाई बिर्सिएर प्रधानमन्त्रीलाई हटाउन खोजेको बताएका थिए । केपी शर्मा ओलीलाई हटाउन खोजिएको भन्दै स्वतन्त्र युवा विद्यार्थी अभियानको नाममा बिरोध प्रदर्शन गरिएको हो । ओलीको समर्थनमा भएको कार्यक्रममा नेकपाभित्रको पूर्व एमाले खेमाका नेता तथा कार्यकर्तासँगै जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
घोराहीको सहिदगेटबाट सुरु भएको विरोध¥याली नेपाल बैंकरोड,दामोदरचोक हँुदै तुलसीपुरचोक आएर सकिएको थियो । प्रदर्शनकारीले ‘आजलाई होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई’, ‘देशको मुहार फेर्नु छ साथी,पार्टी भन्दा राष्ट्रमाथि’,‘आई एम विथ केपी ओली’, ‘नागरिकता विधेयक पारित गर’ भन्ने लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
विरोध¥याली पछि भएको कोणसभालाई बाम बुद्धिजीवी नेमकुमार न्यौपाने, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त,मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माले राष्ट्रियताको रक्षा र जनजीविको पक्षमा काम गरेर लोकप्रिय कमाएको सरकारलाई हटाउन खोज्नु दुखद भएको बताए ।