पर्ल एकेडेमीमा सरसफाइ कार्यक्रम सम्पन्न – Kanika Khabar
Monday, February 16Nepali News Portal

पर्ल एकेडेमीमा सरसफाइ कार्यक्रम सम्पन्न

    मा प्रकाशित

घाेराही, १२ असाेज ।
दाङकाे घाेराहीस्थित पर्ल एकेडेमीले आज शुक्रबार सरसफाइ कार्यक्रम गरेकाे छ । शुक्रबारीय कार्यक्रम अन्तर्गत आज विद्यालयले सरसफाइ कार्यक्रम गरेकाे हाे ।
विद्यालय परिसर हुँदै घोराही १५ रतनपुरमा रहेको शिव पार्वती मन्दिर सरसफाइ गरेकाे हाे । साथै विद्यालयले मन्दिरमा डस्टबिन हस्तान्तरण गरेकाे छ ।
त्यस्तै आज नै विद्यालयले घोराही १३ मा अवस्थित बाह्रकुने मन्दिर सरसफाइ तथा डस्टबिन र कुचो हस्तान्तरण गरेकाे छ । सरसफाइ कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी सहभागी भएकाे विद्यालयका संयाेजक पदम गिरीले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्