अन्तरवार्तामा डा. बाबुराम भट्राईले प्रधानमन्त्रीको आलोचना गरेपछि रेडियो नेपालले माग्यो माफी – Kanika Khabar
Sunday, January 18Nepali News Portal

अन्तरवार्तामा डा. बाबुराम भट्राईले प्रधानमन्त्रीको आलोचना गरेपछि रेडियो नेपालले माग्यो माफी

    मा प्रकाशित

कनिका संवाददाता

दाङ, बैशाख १५

अन्तरवार्तामा डा. बाबुराम भट्राईले प्रधानमन्त्रीको आलोचना गरेपछि रेडियो नेपालले माग्यो माफीरेडियो नेपालको एक अन्तरवार्तामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाएको भन्दै रेडियो नेपालले माफी मागेको छ । प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रममा डा. भट्राईले प्रधानमन्त्रीको आलोचना गरेका थिए । सोमवार विहान ६ः३०मा प्रसारण भएको अन्तरसंवाद कार्यक्रममा डा. भट्राईलाई अतिथिका रुपमा बोलाईएको थियो । अन्तरवार्ताका क्रममा डा. भट्राईले प्रधानमन्त्री ओली प्रति व्यक्त गरेको भाषा र बिचारले दुखित तुल्याएको भन्दै रेडियो नेपालले माफी मागेको छ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले विज्ञप्ती जारी गर्दै अबका कार्यक्रमका लागि अतिथी चयन गर्दा गम्भिर रुपमा सचेत रहने स्पष्टिकरण दिएका छन् । उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण भएकाले आवश्यक सम्पादन गर्न नसकिएको भन्दै कार्किले क्षमा मागेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्