कनिका खबर
असार २५, दाङ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साानदार जीत हात पारेको छ ।
बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जीत दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक एक गोल गरे ।
न्युकासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गरेका थिए । जीतसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।
सिटी लिग लिडर तथा च्याम्पियन लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ । लिभरपुलको ९२ अंक रहेको छ ।
मा प्रकाशित