दाङमा डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

दाङमा डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु

    मा प्रकाशित

घाेराही,१५ असोज । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका २ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको रहेको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो ।

डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो। उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईको भनाइ छ। डाँगीले श्रीकृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आउनु भएकाे थियाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्