मा प्रकाशित
दाङ, १६ असोज ।
नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा अध्यक्ष पदमा गुलाबजंग शाह विजयी भएका छन् ।
अधिवेशनमा कुल ६०४ मत खसेकोमा ३६९ मतसहित शाह विजयी भएका हुन् । शाहका निकटतम प्रतिस्पर्धी मीनबहादुर शाहीले २०७ र प्रकाश रोकायाले केबल ४ मत प्राप्त गरे ।


