नमोबुद्धले दियो महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाईल र सिमकार्ड – Kanika Khabar
Sunday, April 27Nepali News Portal

नमोबुद्धले दियो महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाईल र सिमकार्ड

    मा प्रकाशित

कनिका संवाददाता
असार २५, काभ्रे
काभ्रेको नमोबुद्ध नगरपालिकाले नगर भित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई सिमकार्ड र मोबाइल वितरण गरेको छ । नगरपालिकाले ११ वटै वडामा रहेका ८२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सामग्री हस्तान्तरण गरेको हो । नगरपालिकाले नगरमा रहेका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुको निःशुल्क बीमा गरीदिने स्वास्थ्य शाखा संयोजक राजु बोगटिले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाहरुको निमित्त महिनाको १ हजार थप भत्ता र सञ्चार खर्च बापत् वार्षिक २५ सय उपलब्ध गराउने पनि बताउनुभयो । सिमकार्ड र मोवाइलको लागि नगरपालिकाले चालु आर्थिक बर्ष २०७६÷०७७ मा २ लाख ११ हजार विनियोजन गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्