इजरायलमा रहेका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो, स्वदैश फर्कनका लागि दुई सय बढीकोे रजिस्ट्रेसन – Kanika Khabar
Monday, February 16Nepali News Portal

इजरायलमा रहेका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो, स्वदैश फर्कनका लागि दुई सय बढीकोे रजिस्ट्रेसन

    मा प्रकाशित

काठमाडौँ, २३ असोज ।
नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको सारिएको छ । इजरायलको जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

द्वन्द्व प्रभावित क्षेत्रबाट सम्पर्कमा आएका सबै नेपालीको उद्धार गरी सुरक्षित ठाउँमा सारिएको इजरायलको तेल अबिबमा रहेको नेपाली दूतावासले जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारले इजरायलबाट स्वदेश फर्किन चाहनेहरुका लागि तथ्याङ्क सङ्कलनको काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म दुई सयभन्दा बढीले नेपाल फर्किन अनलाइन रजिस्ट्रेसन भरेका छन् ।

नेपाल फर्कन इच्छुकहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग समन्वय भइरहेको छ । नेपाल फर्किन इच्छुक नेपालीले दूतावासको वेबसाइटमा राखिएको लिङ्कमा क्लिक गरी रजिस्ट्रेसन भर्न सक्ने छन् ।

रजिस्ट्रेसन सम्बन्धी थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । रजिष्ट्रेशनको काम सकिएपछि नेपालबाट विमान पठाएर उनीहरुलाई ल्याउने सरकारको तयारी छ ।

बेपत्ता भएका एक जना नेपाली विद्यार्थीको पनि खोजी भइरहेको दूतावासले जनाएको छ ।

दूतावासले घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुई जनालाई तेल अबिबमा सुरक्षित राखिएको जनाएको छ । यस्तै, ज्यान गुमाएका १० जना विद्यार्थीकोे शव नेपाल ल्याउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवम् सहकार्य थालेको पनि जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्