पनौतीले बाँड्यो ५० लाख बराबरको कृषि सामग्री – Kanika Khabar
Thursday, June 12Nepali News Portal

पनौतीले बाँड्यो ५० लाख बराबरको कृषि सामग्री

    मा प्रकाशित

कनिका संवाददाता
असार २५, काभ्रे

पनौती नगरपालिकाले ५० लाख बराबरको कृषि सामग्री वितरण गरेको छ । नगरप्रमुख भीम न्यौपानेले कृषि सामग्री वितरण गर्नुभएको हो । गत जेठ १४ गते आएको बाढीबाट पीडित किसानलाई नगरले ७५ प्रतिशत अनुदानमा प्लाष्टिक टनेल, स्पे्रयर पम्प र विषादी सुरक्षा सामग्री सेट वितरण गरेको थियो । एकहजार भन्दा बढी किसानलाई ७५ प्रतिशत अनुदान कृषि सामग्री वितरण गरिएको कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले बताउनुभयो । गत जेठ १४ गते आएको बाढीका कारण पनौतीमा मात्र पाँच करोड ९३ लाख बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्