नेपालमा थपिए १ सय ८ जना नयाँ कोरोना सङ्क्रमित – Kanika Khabar
Thursday, April 18Nepali News Portal

नेपालमा थपिए १ सय ८ जना नयाँ कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका संवाददाता
असार २५, काठमाडौं
नेपालमा पछिल्लो २४ घन्टामा एक सय ८ जनामा कोरोना भाइरको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा विभिन्न २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ५ सय १९ पुगेको जानकारी दिनुभयो ।

उहाँले पछिल्लो २४ घन्टामा १ सय ३९ जना कोरोना सङ्क्रमित स्वस्थ भएको भन्दै नेपालमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको सङ्ख्या ७ हजार ८ सय ९१ पुगेको बताउनुभयो । नेपालमा हालसम्म ३५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ भने पछिल्लो २४ घन्टामा नेपालमा कसैकोपनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्