मानव अधिकार आयोगका सदस्य अन्सारीको टिप्पणीप्रति आयोगकै आपत्ति – Kanika Khabar
Monday, November 17Nepali News Portal

मानव अधिकार आयोगका सदस्य अन्सारीको टिप्पणीप्रति आयोगकै आपत्ति

    मा प्रकाशित

कनिका संवाददाता
असार २५, काठमाडौं

राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ । अन्सारीले गत असार २३ गते सामाजिक सन्जाल ट्वीटरमा समाजवादी पार्टीका सांसद सरिता गिरीलाई कारवाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाउनुभएको थियो । आयोगका अध्यक्ष अनुपराज शर्माले आज विज्ञप्ति जारी गरी अन्सारीले सामाजिक सन्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो । संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेद्जनक’ तथा ‘कथित् छानविन प्रतिवेदन’ भनेको आयोगले खेद प्रकट गरेको हो । दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गरेको विज्ञप्तिमा भनिएको छ । यस आयोगबाट यही असार १५ मा सदस्यलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइए पनि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक भएको आयोगको ठहर छ । आयोगले यसमा कोही पनि भ्रममा नपर्न स्पष्ट पारेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्