दाङ, ८ कार्तिक ।
आज पनि विजया दशमीको टीकाजमरा लगाउने क्रम जारी रहेको छ । दशमीको दिन हिजो टीका थाप्न नभ्याएकाले आज पनि नव दुर्गाको प्रसाद टिका ग्रहण गर्ने क्रम जारी रहेको हो। कोजाग्रत पूर्णीमाको फुलपाती नसेलाउन्जेलसम्म टीका लगाउने चलन रहेको छ । आजको दिनमा पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ ।
देशका कतिपय स्थानमा भने विजयादशमीको दिन मात्रै टिका थाप्ने चलन छ । आफन्त तथा मान्यजनकहाँ गइ आशीर्वाद ग्रहण गर्दै दसैँ मनाइदै छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।


