अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३० लाख नाघ्यो – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३० लाख नाघ्यो

    मा प्रकाशित

कनिका डेस्क
असार २५, दाङ

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३० लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार पछिल्लो २४ घन्टामा अमेरिकामा ६० हजार नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । योसँगै अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३० लाख एक हजार नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा अमेरिकामा कोरोना सङ्क्रमणका कारण ७ सयभन्दा बढीको मृत्यु भएको छ । बीबीसीले लेखे अनुसार कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ३४ हजार नाघेको छ । कोरोनाका कारण पछिल्लो समय अमेरिकाको क्यालिफोर्निया, टेक्सास लगायतका राज्य बढी प्रभावित बनेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्