दाङ, १० कार्तिक ।
आज बडादसैँको चौथो दिन परेको छ । आज पनि नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम आज पनि जारी छ ।
घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमा सम्म जारी रहन्छ ।
कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज अलिख बलिपूर्ति गर्नुपर्ने समितिले जनाएको छ ।


