देउखुरी बहुमुखी क्याम्पसको नयाँ नेतृत्वका लागि मतदान जारी, १४४ मत खस्यो – Kanika Khabar
Friday, May 3Nepali News Portal

देउखुरी बहुमुखी क्याम्पसको नयाँ नेतृत्वका लागि मतदान जारी, १४४ मत खस्यो

    मा प्रकाशित

टेकबहादुर पुन

दाङ, १० कार्तिक  ।

दाङको लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको नया नेतृत्वका लागि मतदान जारी रहेकाे छ ।

यो समाचार तयार पार्दा सम्म १ सय ४४ मत झरिसकेको निर्बाचन अधिकृत लिलाराम खनालले जनाए । उनका अनुसार २ सय मत झर्न सक्ने आँकलन गरिएको छ । क्याम्पसमा मतदाता सँख्या २ सय ३५ छन ।
बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ ।

नयाँ नेतृत्वका लागि नेपाली काङ्ग्रेस र एमालेको गठबन्धनकाे प्यानललाई राप्रपाले समर्थन गरेको छ भने अर्को माओबादी केन्द्र, एकीकृत समाजबादी र जनमोर्चा गठबन्धनसहित चुनावी मैदानमा छन । क्याम्पस निर्बाचनमा दलहरु केन्द्रीय सत्ता समिकरण भन्दा फरक देखिएका हुन्।
काङ्ग्रेस, एमालेका तर्फबाट अध्यक्षमा लालबिर खड्का, सदस्यहरुमा प्रकाश कुमार जिसी, पदम प्रसाद शर्मा (पुडासैनी), हल्लु प्रसाद चौधरी, कृष्ण प्रसाद शर्मा (केपी घिमिरे), बिद्याशरण चौधरी, गुलाम महम्मद जागा मुसलमान, प्रेम कालाथोकी, पवन शर्मा रिजाल, ध्रुबनारायण चौधरी, गोपाल ज्ञाँवली र सुलोचना गिरी उम्मेद्वार बनेका छन ।

त्यस्तै अर्को प्यानलबाट अध्यक्षमा बाबुराम चौधरी, सदस्यहरुमा होमप्रसाद शर्मा, कृष्ण प्रसाद भुसाल, थानेश्वर गैरे, दिनमणी आचार्य र बिश्वराज आचार्य चुनाबी मैदानमा छन ।
यसअघि काङ्ग्रेस, एमालेका महिला सलस्यका उम्मेदवारहरु मिनादेबी गुरुङ्ग र बिना न्यौपाने निर्बिरोध भईसकेका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्