मुगुका एकै परिवारका चारजना मृत्त अवस्थामा फेला – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

मुगुका एकै परिवारका चारजना मृत्त अवस्थामा फेला

    मा प्रकाशित

मुगु, १० कार्तिक ।
मुगुमा एकै परिवारका चारजना मृत्त अवस्थामा फेला परेका छन् । जिल्लाकाे छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मन्दुमा एकै परिवारको चारजना मृत्त अवस्थामा फेला परेका हुन् ।

मृत्त अवस्थामा फेला पर्नेमा श्रीदवी बोहरा र उनका तीन जना छोराछोरी रहेकाे जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

मृत्त फेला पर्नेमा २८ वर्षकी श्रीदेवी उनका ११ वर्षका छोरा मनोज बाेहरा, आठ वर्षकी छोरी अप्सरा बाेहरा र आठ महिनाका छोरा रहर बाेहरा रहेका छन् ।

श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् । हत्याको आशंका रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्