प्रथम नवयुथ कप तुलसीपुर नगर स्तरीय पुरुष भलिबल हुने – Kanika Khabar
Saturday, May 11Nepali News Portal

प्रथम नवयुथ कप तुलसीपुर नगर स्तरीय पुरुष भलिबल हुने

    मा प्रकाशित

लक्ष्मण बस्नेत
दाङ, ११ कार्तिक ।
दाङको तुलसस्पुरमा प्रथम नवयुथ कप पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ ।  तुलसीपुर उपमहानगरपालिका वडा न १ को आयोजना तथा नवयुथ क्लब तुलसीपुर १ को समन्वयमा सञ्चालन हुने प्रतियोगिता यही कार्तिक १७ गतेदेखि सुरु हुनेछ ।

तुलसीपुर १ छोटे शिव मन्दिर खेल मैदानमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तुलसीपुर नगरभित्रका १९ वडाका टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद ४० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उप विजेता टिमले नगद २० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्ये व्यक्तिगत बिधातर्फ सर्वोत्कृट खेलाडीलाई नगद १ हजार र ट्रफी , बेूट स्पाईकर, बेस्ट सर्भर, बेस्ट ब्लकरलाई नगद ५ सयका साथमा ट्रफी प्रदान गरिने नवयुथ क्लबका अध्यक्ष वालकृष्ण धितालले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्