दाङमा बन्चरो प्रहार गरी दुई महिलाकाे हत्या – Kanika Khabar
Friday, March 28Nepali News Portal

दाङमा बन्चरो प्रहार गरी दुई महिलाकाे हत्या

    मा प्रकाशित

दाङ, २९ वैशाख ।
दाङमा बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरिएकाे छ । जिल्लाकाे घोराही उपमहानगरपालिका वडा नम्बर .१० पहेलपार निवासी अन्दाजी ५० वर्यीया जुपली बुढाको र सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नम्बर २ चनाबारी निवासी ४४ वर्षीया संगिता सुनारकाे हत्या भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर .१० पहेलपार निवासी अन्दाजी ५० वर्यीया जुपली बुढाको घरको भान्छा कोठामा उनीहरूलाई बन्चरो प्रहार गरी हत्या गरिएकाे प्रहरीले जनाएको छ ।
हत्याकाे आराेपमा रोल्पा थवाङ गाउँपालिका वडा नमेबर २ घर भई हाल दाङकाे घोराही उपमहानगरपालिका वडानम्वर १७ चौघेरा बस्ने रा १ ह ३७७९ नम्बरको अटो चालक ५७ वर्षीया टेक बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले उनलाई आज बेलुका १७:३० बजे घटनास्थलदेखि अन्दाजी डेढ किलाेमिटर दक्षिण सौडिकुलाबाट नियन्त्रणमा लिएकाे हाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्