रोयल भमके टि २० क्रिकेट प्रतियोगिता हुने – Kanika Khabar
Sunday, May 12Nepali News Portal

रोयल भमके टि २० क्रिकेट प्रतियोगिता हुने

    मा प्रकाशित

लक्ष्मण बस्नेत
कार्तिक ११ दाङ ।
दाङको तुलसीपुरमा रोयल भमके टि २० क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ ।
स्वतन्त्र युवा समूह तुलसीपुर १ भमकेको आयोजनामा मदन भण्डारी रंगशाला भमकेमा सञ्चालन हुने प्रतियोगिता यही कार्तिक १९ गते देखि सुरु हुनेछ ।

कार्तिक २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका झन्डै १२ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक खगेन्द्र नेपालीले जानकारी दिए । संयोजक नेपालीका अनुसार
प्रतियोगिताको बिजेता टिमले नगद ५१ हजार,कप,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार तथा मेडल,वेष्ट ब्याट्सम्यान वेष्ट बलर लाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय साथमा मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यसैबिच आयोजकले प्रतियोगितामा टिम सहभागिताका लागि जिल्लामा स्थापित क्रिकेट क्लबलाई अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्