तेक्वान्दो खेलाडी सुनिता बिष्ट कोरियामा सम्मानित – Kanika Khabar
Saturday, May 11Nepali News Portal

तेक्वान्दो खेलाडी सुनिता बिष्ट कोरियामा सम्मानित

    मा प्रकाशित

दाङ, कार्तिक १२ ।
दाङ निवासी तेक्वान्दो खेलाडी सुनिता बिष्ट कोरियामा सम्मानित भएकी छिन् । करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले तेक्वान्दोका खेलाडीद्धय सुनिता विष्ट र सीता तामाङलाई सम्मान गरेका हुन् ।

लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै आएका पूर्वखेलाडी आरके, खेलप्रेमी विपिन गुरुङ र रविन खड्काले मुजुमा सुनिता र सीतालाई करिब १ लाख रुपैयाँसहित सम्मान गरेका थिए ।

आरकेले आफू पनि खेलाडी भएकाले उनीहरूलाई प्रोत्साहित गर्न सम्मान गरेको बताए ।

सुनिता र सीता हाल दक्षिण कोरियाको मुजुमा प्रशिक्षणरत छन् । दुवै जना मुजुमा जारी ग्लोबल तेक्वान्दो मास्टर ट्रेनिङ कार्यक्रममा पछिल्लो तीन सातादेखि प्रशिक्षण गरिरहेका छन् ।

विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको नीति तथा कार्यक्रमअनुसार जारी मास्टर ट्रेनिङमा विभिन्न देशका तेक्वान्दोका मास्टरले प्रशिक्षण गरिरहेका छन् ।

उक्त प्रशिक्षण कार्यक्रम आगामी अक्टोबर ३१मा सकिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्