सिङ्गापुरले दियो नेपाललाई १४६ रनको लक्ष्य – Kanika Khabar
Monday, February 16Nepali News Portal

सिङ्गापुरले दियो नेपाललाई १४६ रनको लक्ष्य

    मा प्रकाशित

काठमाडौँ, १३ कार्तिक ।

आइसीसी टि- २० विश्वकप एसिया छनाेट अन्तर्गतकाे खेलमा सिंगापुरले नेपाललाई १४६ रनकाे लक्ष्य दिएकाे छ। साेमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायाे।

सिंगापुरका राेहन रगंराजनले ४६ तथा आर्यवीर चौधरी ३७ रन बनाए। नेपालकाे कसिलाे बलकाे अगाडि अन्य ब्याट्स म्यानले गतिलाे प्रदर्शन गर्न सकेनन्।

नेपालका अविनाश बाेहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २-२ विकेट लिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्