वोनम्यारो पीडित वलीद्वारा सहयोगको याचना – Kanika Khabar
Friday, April 19Nepali News Portal

वोनम्यारो पीडित वलीद्वारा सहयोगको याचना

    मा प्रकाशित

नवीन अभिलाषी

दाङ, असार २५ ।
घोराही उपमहानगरपालिका वडा नं. ८ दुन्द्राका बोनम्यारो पीडित चन्द्रप्रसाद वलीले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन् । रोजगारीको सिलसिलामा भारतको पञ्जावस्थित लुदियानाको एक होटलमा कार्यरत वलीलाई दुई वर्ष पहिले बोनम्यारो भएको थियो ।

पीडित वलीको बहिनी सुनिता वलीका अनुसार दुई वर्ष पहिले भारतमै विरामी भएपछि उपचारका क्रममा दयानन्द मेडिकल कलेजले बोनम्यारो भएको प्रमाणित गरेको थियो । घरपरिवारको सुख शान्ति र सन्तानको शिक्षाका लागि धन कमाउन गएका चन्द्रप्रसादलाई एकाएक थाम्नै नसक्ने रोग देखियो । वलीले लाखौँ रुपैया खर्च गरेर भारतमै उपचार गराए । होटलको सहयोगले समेत गरिएको त्यो उपचारले चन्द्रप्रसादको स्वास्थ्यमा सामान्य सुधार भएको थियो ।

घर आएर पुनः भारत नै काम गर्न पुगेका चन्द्रप्रसादलाई फेरी समस्या देखियो । एकातर्फ कोभिड १९ को महामारी र अर्को तर्फ चन्द्रप्रसादलाई बल्झेको बोनम्यारोको समस्याले घरमा समेत सुख शान्ति हरायो, उता चन्द्रप्रसादलाई पनि छटपटिनु प¥यो । उपचारका लागि लाखौ खर्च भैसकेको चन्द्रप्रसादसँग अव कुनै सम्पती बाँकी थिएन खर्च गर्न ।

लकडाउनकै अवधीमा दाङ फर्किएर दुन्द्राकै स्कुलमा क्वारेन्टाईन बसेका चन्द्रप्रसादको अवस्था झन झन नाजुक बन्दै गयो । ‘क्वारअन्टिनमै ढल्ने भएपछि सबैको सहमतिमा घरमै सुरक्षित राख्ने गरेर घरमा लगियो, झन समस्या देखिएपछि घोराहीको बुद्ध हस्पिटल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचारका लागि लगियो ।’ बहिनी सुनिताले भनिन्, ‘डाक्टरले उपचारका लागि कि भारत कि काठमाडौँ  लैजानुपर्छ भनेपछि बुधबार मात्रै काठमाडौँ लगिएको छ ।’

चन्द्रप्रसादको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि काठमाण्डौ त लगिएको छ, तर पैसा छैन । घरमा ९ वर्ष र ६ वर्षको दुई छोराह? छन् । श्रीमती तुल्सीकुमारी वली साथैमा छिन् । घरमा उपचारका लागि आर्थिक जोहो गर्न सुनिताले सकेसम्म कोसिस गरिरहेको बताइन । ‘दुई चार कट्टा जग्गा थियो, त्यो पनि ऋणमा छ, व्यक्तिगत ऋण त झन कति हो कति ।’ सुनिताले भनिन्, ‘दुःख सबैलाई पर्छ, यस्तो अवस्थामा जति सक्नु हुन्छ, सहयोग गर्न अनुरोध गर्छु ।’

चन्द्रप्रसादको उपचारका लागि सहयोग गर्न वली परिवारले अनुरोध गरेको छ । घोराहीको कुमारी बैंक घोराही सहिदमार्गमा रहेको बैंक खाता नं. १०११७३९४००१२५०१ मा सहयोग गर्न पीडित वलीको श्रीमती तुल्सीकुमारी वलीले बताइन । साथै सहयोग गर्न ईच्छुक सबैले मोबाईल फोन नं. ९८२२९९६३७४ मा सम्पर्क गर्न सक्ने परिवारले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्