अचार लभरको माग पूरा गर्दै ‘अचार क्विन’ रोजिना – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

अचार लभरको माग पूरा गर्दै ‘अचार क्विन’ रोजिना

    मा प्रकाशित

दाङ, १४ कार्तिक ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी रोजिना सुवेदीलाई आजभोलि अचार बनाउन भ्याइनभ्याई छ । उनी प्रायः समय अचार बनाउनमै व्यस्त हुन्छिन् । त्यति मात्र होइन प्रचारको शैली पनि पृथक् छ उनको । अचार बनाउदै गरेका दृश्य, बनाइसकेका अचारका भिडियो टिकटकमा अपलोड गर्दै प्रभावकारी प्रचारप्रसार पनि गर्दै आएकी छिन् ।

रोजिना विगतदेखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्थिन् । धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा निकै खुसी लाग्ने गरेको मिठो अनुभव सुनाइन्।

विगतमा विभिन्न व्यापार व्यवसायमा सम्लग्न रोजिना केही समयदेखि घरमै बस्दै धरमै बस्दै आएकी छिन् । घरमा खाली समयमा बस्दा समय बिताउने माध्यम बनेको थियो टिकटक र फेसबुक । उनले टिकटक हेर्दै जाँदा विभिन्न ठाउँमा अचारहरू बनाएर बिक्री बितरण गरेको देखिन् । उनको मनमा पनि अब अचार बनाएर बिक्री बितरण गर्छु भन्ने सोच पलायो । ‘मैले पनि अचार बनाएर टिकटकमा हाल्न सुरु गरेँ,’ रोजिनाले भनिन्, ‘पहिलो पटक टिकटकमा हाल्दा अलिअलि लाज पनि लाग्यो, तर सुरुमै चारपाँच जनाले टिकटकबाटै अर्डर दिनुभयो ।’ त्यसपछि भने उनले फेसबुक म्यासेन्जरको स्टोरीमा पनि अचारका परिकारहरू हाल्न थालेको बताइन् । ‘क्रमशः अचारको माग बढ्न थाल्यो,’ उनले भनिन्, ‘अहिले दैनिक २५ देखि ३० जनाबाट अचारको अनलाइन बुकिङ हुन थालेको छ ।’

No description available.

आफूले जानेको सीपबाट राम्रो व्यापार हुँदा रोजिना निकै खुसी छिन् । अहिले जिल्लाबाहिरबाट पनि अचारको निकै माग आइरहेको उनले सुनाइन । ‘घरको भान्सामा बसेरै राम्रोसँग व्यापार गर्न सकिने रहेछ भन्ने बल्ल थाहा भयो’, रोजिनाले थपिन्, ‘पहिले टिकटक मनोरञ्जनका लागि प्रयोग गर्थे, अब भने अचारको बजारीकरणका लागि प्रयोग गर्न थालेको छु ।’

No description available.
रोजिनाले विभिन्न ३० प्रकारका अचार बनाइरहेको बताइन् । उन्ले मुला, काँक्रा, डल्ले खुर्सानी, च्याऊँ, टिकुर, लसुन तथा विभिन्न मिक्स अचारहरु उत्पादन गरिरहेकी छिन् । यी अचारहरुको मूल्य प्रति केजी दुई सय पचासदेखि तीन सय रुपैयाँसम्म रहेका बताइन् ।

त्यसैगरी चिकेन अचारलाई प्रतिकेजी १ हजार ४ सय र मटन अचारलाई आधा केजी एक हजार दुई सय रुपैयाँ पर्ने बताइन ।
भेज अचार तीन दिनदेखि सात दिनको बिचमा तयार भइसक्ने उनले जानकारी दिइन् । चिकेन र मटनको अचार भने बनाउँदा बित्तिकै तुरुन्त प्रयोग गर्न सकिन्छ ।

पछिल्लो चरणमा अचारको माग बढ्दै जाँदा व्यवसाय पनि फस्टाउँदै गएको रोजिनाले बताइन् । उनले मुस्कराउँदै भनिन्, ‘कतिपय ग्राहकले त मलाई अचार क्विन भनेर सम्बोधन गर्नुहुन्छ ।’

No description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्