बाढीमा घाइते हुनेहरु र पीडित परिवारको उद्दारमा कुनै सम्झौता हुदैन : सभामुख सापकोटा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बाढीमा घाइते हुनेहरु र पीडित परिवारको उद्दारमा कुनै सम्झौता हुदैन : सभामुख सापकोटा

    मा प्रकाशित

कनिका संवाददाता
असार २६, काठमाडौं
बाह्रविसे नगरपालिका– ५ स्थित जम्बुमा गएको बाढीमा घाइते हुनेहरू र पीडित परिवारको उद्दारमा कुनै सम्झौता नहुने सभामुख अग्नीप्रसाद सापकोटाले बताउनुभएको छ । घटनास्थल जम्बु पुगेर फर्किनुभएका सभामुख सापकोटाले सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पत्रकारहरुसँग कुरा गर्दै उद्दार जारी रहेको र राहत सामग्री वितरण भइरहेको बताउनुभयो । ‘रातहको लागि गृहमन्त्रीसँग कुरा भएर हामीले वितरण सुरु गरिसकेका छौं’, सभामुख सापकोटाले भन्नुभयो– ‘घाइतेहरुको अहिले धमाधम उद्दार भइरहेको छ ।’ जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री वितरण गरिएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, आन्तरिक मामिला मन्त्री सालिकराम जमरकट्टेल र वन, वातावरण तथा पर्यटन मन्त्री सरेश नेपाललगायतको टोली घटनास्थलमै पुगि उद्दार कार्यमा जुटिरहनुभएको छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्