नेकपा स्थायी कमिटी बैठक आज बस्दै – Kanika Khabar
Saturday, August 15Nepali News Portal

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

    मा प्रकाशित

कनिका संवाददाता
असार २६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज फेरि बस्दैछ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तामा कुरा मिल्न नसकेपछि पटकपटक स्थगित भएको बैठक फेरि बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे तय गरिएको बैठकमा दुई अध्यक्षबीच भएको कुराकानीको निस्कर्षका आधारमा छलफल हुनेछ । दुईअध्यक्षबीच ठोस सहमति नभएपछि शक्तिबाँडफाँडलाई सन्तुलन मिलाएर पार्टी सञ्चालन गर्ने निस्कर्ष निस्किएको छ । शक्ति र सत्ता–संघर्षको चपेटामा फसेको सत्तारुढ दल नेकपा विभाजन नजिक पुगेको भन्दै चरणवद्ध छलफल भएका थिए ।

पार्र्टीभत्रै स्थायी र सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि बढेको विवादले नेकपाको विभाजन हुन खोजेको नेताहरुले नै बताएका थिए । हिजो साँझ दुई अध्यक्षबीच टेलिफोन संवाद भएको थियो । त्यसका आधारमा स्थायी कमिटी बैठक बस्नुअघि बिहान बालुवाटारमा फेरि छलफल हुँदैछ । त्यसपछिका लागि तय गरिएको आजको बैठक दुई अध्यक्षको वार्ता सहज नभए फेरि रोकिन पनि सक्ने नेताहरुले बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्