तीन महिनापछि सरकारले सार्वजनिक यातायात खुला ग¥यो – Kanika Khabar
Friday, April 19Nepali News Portal

तीन महिनापछि सरकारले सार्वजनिक यातायात खुला ग¥यो

    मा प्रकाशित

कनिका संवाददाता
असार २५, काठमाडौं

तीन महिनापछि सरकारले सार्वजनिक यातायात खुल्ला गरेको छ । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय हिजो सार्वजनिक गरेको थियो । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको आधारमा बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सार्वजनिक यातायातका साधन चलाउँदा चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्ने, ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्ने तथा यात्रुले पनि मास्क अनिवार्य लगाउनु पर्नेछ । सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णयसमेत गरेको छ ।

सरकारले छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेलगत्तै नेपाल यातायात व्यवसायी महासंघले पनि आपतकालीन बैठक बोलाएको छ । महासंघले आज दिउँसो एक बजेका लागि बैठक बोलाएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्