आत्महत्या दुरूत्साहन आरोपमा पक्राउ परेका निरौला रिहा – Kanika Khabar
Friday, March 13Nepali News Portal

आत्महत्या दुरूत्साहन आरोपमा पक्राउ परेका निरौला रिहा

    मा प्रकाशित

कनिका संवाददाता
असार २६, तेह्रथुम
‘आत्महत्या दुरूत्साहन’ को आरोपमा २७ दिन अघि पक्राउ परेका तेह्रथुमको लालीगुरा“स नगरपालिका शिक्ष्ाँ शाखामा कार्यरत रामकृष्ण निरौलालाई जिल्ला अदालत तेह्रथुमले ९० हजार रुपैंया धरौटी लिएर तारेखमा छाडेको छ । निरौलालाई आगामी साउन २६ गते अदालतमा हाजीर हुने गरी ९० हजार रुपैंंया धरौटी रकम लिएर छाडीएको जिल्ला अदालतका श्रेष्तेदार पारशमणी पोखरेलले जानकारी दिनुभयो ।

लालीगुरा“स नगरपालिका ८ सोल्माका ३४ बर्षिय कुवेर दाहाललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा बसन्त माबीमा निमाबी तहमा राहत शिक्ष्ँकको रुपमा कार्यरत निरौला विरुद्ध गत जेठ २९ गते प्रहरीमा किटानी जाहेरी परेको थियो । निरौला लाई पछिल्लो समय लालीगुरा“स नगरपालिकाले नगर शिक्ष्ाँ शाखामा काम गर्ने गरी खटाएको नगरपालिका स्रोतले जनाएको छ ।

मृतकको परिवारको तर्फबाट उनका दाजु खेम प्रसाद दाहालले इलाका प्रहरी कार्यालय बसन्तपुरमा निरौला विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्