भोलि शनिबार राजश्व सङ्कलन गर्ने बैंक खुला रहने – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

भोलि शनिबार राजश्व सङ्कलन गर्ने बैंक खुला रहने

    मा प्रकाशित

कनिका खबर
असार २६, दाङ ।
भोलि शनिबार पनि राजश्व सङ्कलन गर्ने बैंकहरु पूर्णकालीन रुपमा खुला रहनेछन् । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको हो । कोभिड–१९ कारण सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो । बैंकमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्