पहिरो खस्दा एकै घरका दुइ जनाको मृत्यु – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

पहिरो खस्दा एकै घरका दुइ जनाको मृत्यु

    मा प्रकाशित

कनिका संवाददाता
असार २६, रुकुम पश्चिम
गए रातिदेखि परेको अविरल वर्षासँगै पहिरो खस्दा एकै घरका दुइ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका तीनका २८ वर्षका सीता परियार र उनका ६ वर्षका छोरा हाविल परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आठ बर्षका छोरी हिरा परियारलाई भने नेपाल प्रहरी र स्थानीय बासिन्दाले सकुशल उद्धार गरेको छ । आज बिहान आठबिसकोट नगरपालिका तीन स्यालाखदिमा रहेको रेझेखोलामा आएको पहिरोले तुलबहादुर परियारको घर पुरेको थियो । घरमा रहेका आमा छोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख, डीएसपी ठगबहादुर केसीले जानकारी दिनुभयो । चार जना सदस्य रहेको परिवारका तुलबहादुर परियार काम विशेषले घर बाहिरै रहेकोले सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्