भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन – Kanika Khabar
Monday, February 16Nepali News Portal

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

    मा प्रकाशित

काठमाडौँ, ११ मङ्सिर ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिनुभएको छ ।

अस्थायी आवास निर्माणका लागि सरकारले दिने पहिलो किस्तावापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउनुहुँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काममा खटिन निर्देशन दिनुभयो ।

सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारका मन्त्री र सुरक्षा अंगका प्रदेश प्रमुखसँगको छलफलमा उपप्रधानमन्त्री खड्काले भूकम्पपछिको पुननिर्माणपछिको कामका लागि स्रोतको कमि नरहेको बताउनुभयो । उहाँले भूकम्पले पुर्याएको क्षतिको तथ्याङ्क आउने बित्तिकै पुननिर्माणको काम सुरू गरिने उल्लेख गर्नुभयो ।

उहाँले भूकम्पमा क्षति भएका विद्यालय, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संरचनाको अस्थायी र स्थायी संरचना सङ्घ सरकारले निर्माण गर्ने गरेर तयारी भअरहेको जानकारी दिनुभयो । “विद्यालयको अस्थायी संरचना निर्माणका लागि आवश्यक बजेट बुधबारको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ”, उहाँले भन्नुभयो, “अन्य सार्वजनिक संरचनाको काम पनि सँगसँगै अघि बढाउँछौँ ।”

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा अङ्गका प्रमुखलगायतको सहभागिता थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्