खोलाले वगाउंदा एक वेपत्ता – Kanika Khabar
Friday, March 29Nepali News Portal

खोलाले वगाउंदा एक वेपत्ता

    मा प्रकाशित

कनिका संवाददाता
असार २६, नुवाकोट
तादी खोलाले वगाउंदा नुवाकोटको पिपलटारका एक युवक वेपत्ता भएका छन् । अर्का एक युवकको भने खोलावाट उद्धार गरिएको छ । वेलकोटगढी नपा–१० स्थित खेतमा रोपाई गरेर घर फर्कने क्रममा विदुर नगरपालिका वडा नं. ५ पिपलटारका ४० वर्षिय राजेन्द्र कुमाल र उहाँका भतिजा १७ वर्षिय विजय कुमाललाइ तादी खोलाले वगाएकोमा राजेन्द्र वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीसंगै खोलाले वगाएका भतिजा विजय कुमालको भने उद्धार गरि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरिएको प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो । राजेन्द्रको खोजी कार्य जारी रहेको छ ।

दुई दिनदेखिको अविरल वर्षात्का कारण खोलामा पानीको वहाव उच्च रहेको कारण उद्धारमा कठिनाई भइरहेको डिएसपि थापाले बताउनुभयो । यसैबीच, अविरल वर्षाले पहिरो झरेका कारण त्रिदेशीय मार्गको रुपमा रहेको त्रिशूली–रसुवागढी सडकमार्ग अवरुद्ध भएको छ । पहिराले नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको हो । स्याफ्रु–रसुवागढी सडक खण्डको विभिन्न स्थानमा हिले पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको रसुवा प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा पहिरो गएको हो । वर्षा भइरहेका कारण सडक खुलाउन सकिएको छैन । त्यस क्षेत्रमा पहिरो झरिरहेको कारण मान्छे हिँडडुल गर्न भने रोक लगाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्