मा प्रकाशित
काभ्रे, १२ मङ्सिर ।
काभ्रेको एक घरमा आगलागी भएको छ । जिल्लाको धुलिखेल नगरपालिका–११ बाँनियाछापस्थित बलराम धिमालको घरमा आज बिहान आगलागी भएको प्रहरीले जनाएको हो ।
प्रहरी कार्यालयका अनुसार ढुंगामाटोले बनेको तीनतले घरमा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने अझै खुलेको छैन ।


