भक्तपुर नगरपालिकाद्धारा स्थानीय पाठ्यपुस्तक “ख्वपको पहिचान” नामक पुस्तक सार्वजनिक – Kanika Khabar
Saturday, May 11Nepali News Portal

भक्तपुर नगरपालिकाद्धारा स्थानीय पाठ्यपुस्तक “ख्वपको पहिचान” नामक पुस्तक सार्वजनिक

    मा प्रकाशित

कनिका संवाददाता
असार २६, भक्तपुर
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक “ख्वपको पहिचान” नामक पुस्तक सार्वजनिक गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयहरुमा लागू गर्ने गरी स्थानीय पाठ्यक्रम पठनपाठनको निम्ति “ख्वपको पहिचान” पाठ्य पुस्तक प्रकाशनमा ल्याएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख एवम भक्तपुर नगरपालिकाद्धारा गठित शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका संयोजक सुनिल प्रजापतिले कार्यक्रममा कम्प्युटरको माध्यमबाट पठनपाठन गरिने भर्चुअल कक्षा भक्तपुर नगरपाकिाको लागि नयाँ विषय भएको र नगरपालिकाले सञ्चालन गरेको कक्षा र प्रसारणले देश भरिका विद्यार्थीहरु लाभान्वित भएको बताउनु भयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भए अनुसार भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्म निर्माण कार्यदल गठन गरी कक्षा १ र ६, कक्षा २ र ७ गरी चारवटा कक्षामा स्थानीय पठ्यक्रम तयार गरी सोही अनुसार अध्यापन भईरहेको र आगामी दिनहरुमा थप कक्षाहरुको पाठ्यक्रम निर्माणको तयारी भइरहेको पनि बताउनु भयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्