महेन्द्र महरा
दाङ, १४ मङ्सिर ।
सडक मानवहरुको आश्रयस्थल मानव सेवा आश्रमले दाङमा आमा सेमिनारको आयोजना गर्ने भएको छ ।
मङ्सिर १६ गते शनिबार आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सेमिनारमा प्रशिक्षण गर्ने मानव सेवा आश्रम दाङ शाखाले जनाएको छ ।
सेमिनार तुलसीपुर करहि रेस्टुरेन्टमा गर्ने गरी तयारी भइरहेको छ ।
मानवता , राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिताको महत्त्व बोध गराई, प्रेम सदभाव, करुणा जन्जनमा, मन मनमा पुर्याउने सेमिनारमा उद्देश्य रहेको छ ।
बुधबार सेमिनारबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनमा प्याब्सन दाङका अध्यक्ष मधुसुधन केसी, लायन्स क्लव अफ दाङका अध्यक्ष भागवत घिमिरे, महिला उद्यमी सपना बस्नेत, जोगेन्द्र बहादुर विश्वकर्मा, मोहन सुनार, निता केसी लगायतले कार्यक्रम सफलताको शुभकामना सँगै सुझाव दिएका थिए ।
यो वर्ष देशभरका ४५ स्थानमा आमा सेमिनार गर्न लागिएको मानव सेवा आश्रमले जनाएको छ । कार्यक्रममा उपस्थितिको लागि मानव सेवा आश्रमले आह्वान समेत गरेको छ ।


