नक्कली भुटानी शरणार्थी : कोही छुट्दै, कोही भने थुनामै, खाँणको निर्णय तेस्रो न्यायाधीशले गर्ने – Kanika Khabar
Monday, February 16Nepali News Portal

नक्कली भुटानी शरणार्थी : कोही छुट्दै, कोही भने थुनामै, खाँणको निर्णय तेस्रो न्यायाधीशले गर्ने

    मा प्रकाशित

दाङ, १६ मङ्सिर ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका २० जनामध्ये उच्च अदालत, पाटनले १० जना थुनामै पठाउँदा १० जनालाई छोड्न आदेश दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले छाड्न आदेश दिएका १० जना भोलि आइतवार मात्रै छुट्ने भएका छन् ।

उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँ पत्र पुगेपछि मात्र आदेश कार्यान्वयन हुने र आज शनिवार बिदा भएकाले उनीहरु भोलि आइतवार मात्र छुट्ने भएका हुन् ।

अदालतले सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, रामशरण केसी र हरिभक्त महर्जनलाई १५ लाख तथा नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

साधारण तारेखमा छाड्न आदेश भएकाहरु जिल्ला अदालतको पत्रपछि रिहा हुने र धरौटी तोकिएकाहरु जिल्ला अदालतको पत्रपछि धरौटी बुझाएर रिहा हुने व्यवस्था छ ।

त्यस्तै पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, टेक नारायण पाण्डे, डा. इन्द्रजीत राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भनिने गोविन्द चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई उच्चले जिल्लाको आदेशलाई सदर गर्दै थुनामा पठाउने आदेश दिएको छ।

काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पनि अहिले नै छाड्न उच्च अदालतले मानेको छैन। न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको राय बाँझिएपछि उनलाई छाड्न नमिलेको उच्च अदालतले जनाएको छ।

खाणलाई न्यायधीश पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश गर्न र अर्का न्यायाधीश खरेलले थुनामै राख्न आदेश गरेपछि राय बाँझिएको हो। अब उनको मुद्धा तेस्रो न्यायाधीशसमक्ष पेस हुनेछ र, त्यसपछि के गर्ने टुंगो लाग्ने छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्