परिवार नियाेजन संघ दाङमा खाेप सुरू – Kanika Khabar
Friday, April 26Nepali News Portal

परिवार नियाेजन संघ दाङमा खाेप सुरू

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख १६, दाङ ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा मा बिगत २ महिनादेखि रोकिएको बच्चालाई नियमित खोप कार्यक्रम मङ्गलबारदेखि सुरू भएकाे छ । हप्तामा साेमबार , मङ्गलबार र शुक्रबार बिहान ७ बजे देखि नियमित रूपमा खाेप सेवा उपलब्ध गराइने भएकाे छ ।

यो संकटको घडीमा सामाजिक दूरी कायम राखी सेवा प्रदान गर्ने प्रयास जारी गरिएकाे शाखा प्रमुख बसन्त खनालले जानकारी दिएका छन् । अत्याधिक खोपको माग रहेकोले नेपाल परिवार नियोजन संघ दाङ शाखाले खाेप कार्यक्रमकाे सुरूवात गरेकाे हाे ।

अाज ३ सय ९० जनाले खाेप सेवा लिएका छन् । काेभिड १९ काे सङ्क्रमण देखिएपछि दुई महिना अघिदेखि खाेप कार्यक्रम स्थगित गरिएकाे थियाे । साथै प्रजनन सेवा, सुरक्षित गर्भपतन, परिवार नियाेजनका सेवा, गर्भवती महिलाकाे चेक जाँच नियमित रूपमा सञ्चालन भइरहेकाे पनि शाखा प्रमुख खनालले बताए ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्