नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिमा पाकिस्तान र भारतद्वारा दुःख व्यक्त – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिमा पाकिस्तान र भारतद्वारा दुःख व्यक्त

    मा प्रकाशित

कनिका संवाददाता
असार २७, काठमाडौं
केही दिन यता नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति भारत र पाकिस्तानले दुःख व्यक्त गरेका छन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीटमार्फत दुःखको यस घडीमा नेपाली जनताको साथमा आफूहरू रहेको उल्लेख गर्नुभएको छ । विदेशमन्त्री कुरैशीले ट्वीटरमा लेख्नुभएको छ,‘बाढी र पहिरोले उत्पन्न सङ्कटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौँ । हामी नेपाली जनताको साथमा छौँ र प्रभावित परिवारका लागि प्रार्थना गर्दछौँ ।’ नेपालस्थित भारतीय दूतावासले पनि ट्वीट गर्दै नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । भारतीय दूतावासले आफन्त गुमाएका परिवारप्रति समवेदना र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्