मन्त्रीद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

मन्त्रीद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन

    मा प्रकाशित

तुलसीपुर १८ मङ्सिर ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् ।

त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समय सापेक्ष बनाउनुपर्ने बताए । उनले एलोपेथिक भन्दा आयुर्वेद उपचार पद्धति पहिले जन्मेको भन्दै यसलाई व्यवस्थित बनाउनु पर्ने बताए ।“आयुर्वेदिक पुरानो उपचार विधि हो”,उनले भने “यसलाई समय सापेक्ष बनाउन आवश्यक छ ।”

साथै उक्त अस्पताललाई ५० सैयाको बनाउने गरी प्रक्रिया अघि बढाएको समेत मन्त्री मास्कीको भनाई छ । त्यसकालागि आबश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्न तर्फ आफू लागिरहेको उनले बताए ।

हाल अस्पतालमा दैनिक एक सयजना जतिले सेवा लिइरहेको अस्पतालका निर्देशक डा. सन्तोष ठाकुरले बताए । उनका अनुसार पछिल्लो समय आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरु बढिरहेका छन् । अस्पतालमा हाल व्यायामशाला, अग्नी कर्म, जलौका कर्म, नियमित योगा, पञ्चकर्म, फिजियोथेरापी लगायतका सेवाहरू रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्