कनिका संवाददाता
असार २७, खोटाङ
सुनकोशीको पानी लिफ्टिङ प्रविधिबाट बतासेको भण्डारेघाट सिरानमा रिर्जभ ट्याङकीमा आइपुगेको छ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बतासेस्थित भण्डारेघाटका स्थानीयले दैनिक उपभोग गर्न र सिँचाईका लागि भन्दै सुनकोशीबाट लिफ्टिङ गरेर तानेको पानी भण्डारेघाट सिरानमा रहेको रिर्जभ ट्याङकीमा आइपुगेकोे हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन गरेको ३० लाख बजेटबाट गत माघदेखी थालिएको कोशीको पानी तान्ने काम सकिएसँगै शुक्रबारबाट पानी रिर्जभ ट्याङकीमा आइपुगेको गाउँपालिकाले जनाएको छ । अब सुनकोशीदेखी ८ ईन्चको जिआई पाईपबाट भण्डारेघाटको सिरानमा आएको पानीलाई ४० हजार लिटर क्षमताको ट्याङकीमा जम्मा गरेर शाखा लाईनबाट घर घरमा वितरण गरिनेछ । पानीले ६० घरधुरी बढी लाभान्वित हुने पालिकाले जानकारी दिएको छ ।
लिफ्टिङको सफल परीक्षण भएर रिर्जभ ट्याङकीमा आइपुगेको पानीलाई आर्थिक वर्ष २०७७÷०७८ को बजेटबाट शाखा लाईन विस्तार गरेर खानेपानी घरघरमा पु¥याइने गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताउनुभयो । अहिले सो भेगका स्थानीयले बतासेकै हमारा भन्ने स्थानको पानी ल्याएर उपभोग गरिरहेको छ ।