हुम्लामा बेपत्ता भएका स्वास्थ्यकर्मी मृत फेला – Kanika Khabar
Monday, February 16Nepali News Portal

हुम्लामा बेपत्ता भएका स्वास्थ्यकर्मी मृत फेला

    मा प्रकाशित

हुम्ला, १९ मङ्सिर ।
हुम्लामा बेपत्ता भएका एक स्वास्थ्यकर्मी मृत फेला परेका छन् ।
घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत अवस्थामा फेला परेका हुन् ।

जिल्लाकाे सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर ज्यान गएको हुनसक्ने आफन्तको भनाइ छ ।

फडेरा गएको शुक्रवारदेखि बेपत्ता भएका थिए । खोज्ने क्रममा आफन्तले सोमवार दिउँसो मृतावस्थामा फेला पारेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्