विश्वमा एकै दिन दुई लाख २८ हजार भन्दा बढी कोरोना सङ्क्रमित – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

विश्वमा एकै दिन दुई लाख २८ हजार भन्दा बढी कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।
विश्वमा एकै दिन दुइ लाख २८ हजार भन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन् । एकै दिन विश्वभर दुइ लाख २८ हजार एक सय दुइ कोरोना सङ्क्रमित थपिएका हुन् । एकै दिनमा यतिको सङ्क्रमित भेटिएको अहिलेसम्मकै सवैभन्दा धेरै भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यसअघि जुलाई चारमा सबैभन्दा धेरै दुइ लाख ११ हजार चार सय २८ सङ्क्रमित थपिएको डब्लूएचओको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा एक करोड २६ लाख ३१ हजार भन्दा बढिमा कोरोना सङ्क्रमण देखिसकेको छ भने मृत्यु हुनेको सङ्ख्या पाँच लाख ६२ हजार नौ सय २१ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्