भारतमा कोरोना सङ्क्रमणको संख्या ८ लाख नाघ्यो – Kanika Khabar
Saturday, April 27Nepali News Portal

भारतमा कोरोना सङ्क्रमणको संख्या ८ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।
भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ८ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आज बिहानको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा भारतमा २७ हजार १ सय १४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् ।
यो एकैदिन भेटिएको हालसम्मकै धेरै संख्या हो ।

योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ८ लाख २० हजार ९ सय नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोनाका कारण ५ सय १९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ हजार १ सय २३ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्