कांग्रेस जिल्ला सदस्य कमल वलीलाई मातृशोक – Kanika Khabar
Friday, September 29Nepali News Portal

कांग्रेस जिल्ला सदस्य कमल वलीलाई मातृशोक

    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।

नेपाली कांग्रेसका जिल्ला सदस्य कमल वलीलाई माृतशोक परेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १० निवासी वलीकी ७९ बर्षीय आमा लालकुमारी वलीको असार २६ गते शुक्रवार निधन भएको हो ।

मृतक वलीको शनिवार घोराही उपमहानगरपालिका–८ अन्तर्गत पर्ने बबई नदिको दुन्द्राघाटमा अन्तीम दाहसस्कार गरिएको छ ।

मृतक वलीको पार्थिव शरीरमा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति विरकेश्वरी गौतम, कांग्रेसका जिल्ला सचिव शंकर डाँगी, महासमिति सदस्य टेकबहादुर डाँगी र नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुपबहादुर डाँगीले कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तीम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

मृतक लालकुमारीका दुई भाई छोरा र ७ बहिनी छोरीहरु रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्