ट्रम्पले लगाए मास्क – Kanika Khabar
Thursday, March 23Nepali News Portal

ट्रम्पले लगाए मास्क

    मा प्रकाशित

कनिका खबर
असार २८, दाङ ।
अन्ततः अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पले मास्क लगाएका छन् । आफ्ना लागि मास्कको प्रयोग आवश्यक नभएको भन्दै चर्को विरोध गर्दै आएका ट्रम्पले सार्वजनिक रुपमा मास्क लगाएका छन्।

कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका र अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले औपचारिकतरूपमा सार्वजनिक कार्यक्रममा मास्क लगाएर प्रस्तुत भएका हुन् ।वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् ।

‘मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास गर्छु,’ मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्