गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि – Kanika Khabar
Thursday, March 28Nepali News Portal

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार २८, कास्की ।
पछिल्लो अद्यावधिक अनुसार गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार गण्डकीका ७ जिल्लामा नयाँ कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा तनहुँका ६ जना छन् । उनीहरुमध्ये ब्यास नगरपालिकाका ५२ वर्षीय एकजना पुरुष, ऋषिङ गाउँपालिकाका १९, ३० र ५६ वर्षीय ३ जना पुरुष र भानु नगरपालिकाका ४० वर्षीय एकजना पुरुष छन् ।
पर्वतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा फलेबास र महाशिला गाउँपालिकाका २८ र ३४ वर्षीय २ जना पुरुष छन् । साथै, बागलुङको जैमिनी र ढोरपाटन नगरपालिकाका ३४ र २४ वर्षीय २ जना पुरुषमा कारोना पुष्टि भएको छ ।
प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा नवलपुर बर्दघाट सुस्तापूर्वका २२ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार स्याङजा भिरकोट नगरपालिकाका ५६ वर्षीय एकजना पुरुष र गोरखाको सिचारनचोक गाउँपालिकाका २३ वर्षीय एकजना पुरु षमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, लमजुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा मध्यनेपाल नगरपालिकाका २३ वर्षीय एकजना पुरुष र बेंशीसहर नगरपालिकाका ३० वर्षीय पुरुष छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्